समयमा तलब नपाएपछि ऋण काढेर दसैं

 असोज ३१, २०७५ बुधबार १०:५३:६ | किरण लोहनी
unn.prixa.net

गोरखा – सरकारले बजेट नपठाउँदा गोरखा संग्रहालयका कर्मचारीहरु ऋण काढेर दसैं मनाउन वाध्य भएका छन् । 

संघीय र प्रदेश सरकारबीच तालमेल नमिल्दा संग्रहालयले चालु आर्थिक वर्षको बजेट पाउन नसकेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको संग्रहालय अब गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको छ । तर संघीय सरकारले त्यसबारे लिखित जानकारी नगराएको भन्दै प्रदेश सरकारले बजेट रोकेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नै रहेको गोरखा दरबार हेरचाह अड्डाको बजेट भने एक साताअघि नै आएको थियो । बजेट अभावका कारण संग्रहालयका सबै कर्मचारीले दशैंको मुखमा तलव पाउन नसकेको संग्रहालय प्रमुख नवराज अधिकारीले बताउनुभयो । 

तलवका लागि मात्रै करिव ९ लाख रुपैयाँ चाहिनेमा एक पैसा पनि नआएपछि ऋण काढेर दशैं मनाउनु परेको उहाँको भनाई छ । 

तलव अभावको मार विशेष गरि करारका कर्मचारीहरुलाई परेको अधिकारीले बताउनुभयो । प्रदेश र संघ कतैबाट पनि चालु आर्थिक वर्षको बजेट नआएपछि पटक पटक ताकेका गरेपनि दुई सरकारबीच पर्याप्त समन्वय नहुँदा बजेट नआएको उहाँको भनाई छ । 

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको गोरखा दरबार र गोरखा संग्रहालयलाई गण्डकी प्रदेश सरकारको जिम्मा दिइएको छ । त्यर्सै अनुसार संस्कृति मन्त्रालयले दुबै निकायका लागि बजेट पनि पठाएको छ ।

गोरखा संग्रहालयको बजेट गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा आइपुगेको मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले बताउनुभयो । तर यी दरबार अब प्रदेशको जिम्मेवारीमा हो भन्ने कागज नआएका कारण बजेट पठाउन नसकिएको उहाँको भनाई छ । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले भने सामाजिक विकास मन्त्रालयले समयमै आन्तरिक गृहकार्य नहुँदा बजेट निकासा गर्न नसकिएको बताएको छ । समन्वयको अभावकै कारण समयमै वजेट पठाउन नसकिएको मन्त्रालयका सपचव मुक्ति पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया