कोरोनाका कारण नेपालमा लगातार दोस्रो दिन पनि ज्यान गयो, थप १ सय २१ जनामा सङ्क्रमण पुष्टि

 चैत २९, २०७९ बुधबार १६:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण लगातार दोस्रो दिन आज बुधवार पनि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ७७ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार एक सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया