एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो २ सय ३६ रनको लक्ष्य

 बैशाख ५, २०८० मंगलबार १२:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । मलेसियाका कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए ।

त्यस्तै, विरनदीप सिंहले ४६ रन जोडे । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै, ललित राजवंशी २ र गुलसन झाले १ विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ ।

आजको अर्को खेलमा हङकङ र सिङ्गापुर खेलिरहेका छन् । मूलपानी मैदानमा सिङ्गापुरले हङकङलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४२ ओभर १ बलमा १ सय ७४ रनमा अलआउट भयो ।

प्रिमियर कपको समूह 'ए' मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया