सिन्धुपाल्चोकको भैंसेमा ट्रक दुर्घटना : एकको मृत्यु, २४ घाइते

 कात्तिक ५, २०७५ सोमबार १५:३३:३९ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका याङ्लाकोटबाट जलबिरे हुँदै बाह्रबिसे गइरहेको मिनी ट्रक सोमबार बिहान पौने ११ बजे तिर भैंसेमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।  दुर्घटनामा परि २४ जना घाइते भएका छन् ।

दुर्घटनामा परि बाराको जितपुर उपमहानगरपालिका स्थायी घर भएका अन्दाजी ५२÷५३ वर्षका लुते तामाङ्गको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

अर्को गाडीलाई उछिन्न गर्दै तीव्र गतिमा गुडिरहेको बा ४ ख ९०१७ नम्बरको मिनी ट्रक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर –९,भैंसेको मोडमा घुमाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रहरीका अनुसार घाइतेहरुमध्ये गम्भीर ९ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्यलाई खाडीचौर लगिएको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना भएलगत्तै चालक भने फरार भएका छन् । सामान अनलोड गरी फर्किएको मिनी ट्रकमा याङलाकोट तथा जलबिरेबाट दसैका अवसरमा आफन्त भेटघाटमा आएका र फर्किएका यात्रु रहेका थिए ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया