कसले फुटायो सडक छेउको ‘कन्भेक्स मिरर’ ?

 कात्तिक ७, २०७५ बुधबार ९:७:३० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना न्यूनिकरणका लागि राखिएका ‘कन्भेक्स मिरर’ फुटेर सकिएका छन् ।

दाउन्नेको जोखिमयुक्त घुम्तीहरुमा जडान गरिएका ‘कन्भेक्स मिरर’ कसले फुटायो भन्ने थाहा हुन सकेको छैन । दाउन्नेको चौध किलोमिटर क्षेत्रमा धेरै घुम्ती भएका कारण दुर्घटना बढेको भन्दै झण्डै डेढ वर्ष पहिलो ५२ वटा ‘कन्भेक्स मिरर’ जडान गरिएको थियो ।

‘कन्भेक्स मिरर’ जडान पछि घुम्तीहरुमा ओभरट्याक गर्दा हुने दुर्घटनामा कमी आएको थियो । ‘कन्भेक्स मिरर’का कारण विपरित दिशाबाट गाडी आएको छ, छैन सहजै चालकले हेर्न सक्थे । तर अहिले जडान गरिएका ५२ वटा ‘कन्भेक्स मिरर’मध्ये ४३ वटा फुटेका छन् ।

दाउन्ने पूर्व  र पश्चिमतर्फ गरी ९ वटा ‘कन्भेक्स मिरर’ मात्र काम लाग्ने अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख लक्ष्मणबहादुर शाहीले बताउनुभयो । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा २० वटा जति जोखिमयुक्त घुम्तीहरु रहेको र ती घुम्तिमा हुने दुर्घटनामा ‘मिरर’का कारण कमी आएको भए पनि यसको क्षतिले दुर्घटनाको जोखिम बढेको  प्रमखु शाहीले बताउनुभयो ।

कन्भेक्स मिररले दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याएका कारण फेरि जडानका लागि दाउन्ने क्षेत्रमा पर्ने नगरपालिका र गाउँपालिकासँग बजेटको विषयमा समेत कुरा भएको प्रमुख शाहीले बताउनुभयो   । तर सुरक्षा कसरी प्रदान गर्न सकिन्छ भन्नेबारे अन्यौल भएपछि जडान गर्न नसकिएको उहाँले बताउनुभयो ।

‘फेरि जडानको कुरा चलेको थियो, तर फेरि फुटाईदिन सक्छन् भनेर जडानको विषय सेलायो’ ट्राफिक प्रमुख शाहीले भन्नुभयो, ‘चौबीसै घण्टा सुरक्षा दिन गाह्रो छ, यसकारण के गर्ने अन्यौलमा छौं ।’

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया