‘अखण्ड भारत’ को  नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु

 जेठ १६, २०८० मंगलबार ९:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेलपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्रले कुटनीतिक विवाद सिर्जना गरेको बताउनुभएको छ।

नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई समेत भित्तेचित्रमा भारतले आफ्नै भू–भाग जसरी दर्शाउँदा दुई देशबीचको द्विपक्षीय सम्बन्धमा दरार ल्याउने उहाँको भनाइ छ । भट्टराईले ट्विटमा लेख्नुभएको छ ‘यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ । विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना देखिन्छ । यो भित्तेचित्रको अभिप्राय र सन्देशलाई भारतले बेलैमा प्रस्ट पार्नुपर्ने देखिन्छ ।’

भारतमा आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा अङ्कित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

संसद्को नयाँ भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाललाई झस्काउने गरी नेपाली भूभागमा पर्ने लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारत भन्दै नक्सामा समावेश गरेको हो ।

अखण्ड भारत भनेर इतिहास दर्साउन खोजिएको हो कि भविष्य हो भनेर स्पष्ट भएपछि यस विषयमा प्रतिक्रिया दिने परराष्ट्र मन्त्रालयको तयारी छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया