विदेशीले नेपालमा झण्डै ५२ अर्ब खर्च गर्दा नेपालीले विदेशमा १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरे

 जेठ २७, २०८० शनिबार १४:५२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपालमा विदेशीले गर्ने खर्च अर्थात् भ्रमण आयभन्दा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय दोब्बरले धेरै रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको १० महिनाको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो ।

पोहोर १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए । नेपालीले विदेशमा खर्च गर्ने रकमको ठूलो मात्रा शिक्षातर्फको रहेको छ । नेपालीले विदेशमा खर्च गरेको १ खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ।

पोहोरको १० महिनामा नेपालीले विदेशमा ७५ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षातर्फ ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको थियो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया