महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित

 जेठ ३०, २०८० मंगलबार १०:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तान 'ए' टोलीसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नेपालका कविता कुँवरले २० रन बनाइन् ।

कविता जोशी १५ रनमा अविजित रहिन् । अरुले राम्रो रन बनाउन सकेनन् । त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान १९ ओभर २ बलमा ८७ रन बनाउँदा अलआउट भएको थियो । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको 'ए' टोली हो ।

नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ । नेपालले अब बिहीवार समूहको दोस्रो खेलमा भारतको 'ए' टोलीसँग खेल्नेछ । समूहको अन्तिम खेलमा शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ ।

हरेक समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया