आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा नेपालले यूएईलाई हरायाे

 असार १७, २०८० आइतबार २०:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई हराएको छ । जिम्बावेको हरारेमा यूएईले दिएको १ सय ८२ रनको समान्य लक्ष्य नेपालले ४३ ओभर २ बलमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालका दीपेन्द्रसिंह ऐरीले ७९ र सन्दीप लामिछानेले नटआउट २३ रन बनाए । नेपालले ६६ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि सन्दीप र दीपेन्द्रले उत्कृष्ट साझेदारी गरेर नेपाललाई जिताए । यसअघि जिम्बावेको हरारेमा टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्यो ।

पहिले ब्याटिङ गरेकाे यूएई ४६ दशमलव ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको हो। नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए। यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए। नेपालले अब पर्सि प्लेअफको फाइनलमा आयरल्यान्डसँग खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया