नेपालमा काम गर्न दुई महिनामा लिए झण्डै १४ सय विदेशीले श्रम स्वीकृति

 असार १९, २०८० मंगलबार १८:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – गएको दुई महिनामा नेपालमा काम गर्न झण्डै १४ सय विदेशी नागरिकले श्रम स्वीकृति लिएका छन् । 

गएको वैशाख महिनामा नौ सय ७४ र  जेठ महिनामा चार सय २२ जनाले गरी दुई महिनाको अवधिमै नेपालमा काम गर्नका लागि १३ सय ९६ जना विदेशी नागरिकले नयाँ श्रम स्वीकृति लिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । 

यस्तै गएको वैशाख र जेठमा गरी १२ सय ९ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका छन् । वैशाखमा एक हजार ७२ जना र जेठ महिनामा एक सय ३७ जना विदेशी नागरिकले श्रम स्वीकृति नवीकरण गराएका हुन् । 

यता नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्याले नयाँ रेकर्ड बनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झण्डै साढे सात लाख जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १५ सम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या सात लाख ४० हजार रहेको छ । 

अघिल्लो आर्थिक वर्षमा झण्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया