जातीय हिंसा चलिरहेको मणिपुरमा महिलाहरु सार्वजनिक ठाउँमै यौनहिंसा भोग्न बाध्य

 साउन ९, २०८० मंगलबार ९:१:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ । मणिपुरमा भिडले दुई महिलालाई निर्वस्त्र बनाएर हिँडाएको भिडिओ सार्वजनिक भएपछि अन्य महिलाहरूले पनि आफूसँग हिंसा भएको भन्दै त्यसबारे बोल्न शुरु गरेका छन् ।

कुकी र मैतेई दुवै समुदायका व्यक्तिहरुले अर्को ठाउँमा आफ्नो समुदायका महिलामाथि दुर्व्यवहार तथा बलात्कार समेत भएको भन्दै अर्को समुदायका महिलामाथि बलात्कार समेत गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेका बीबीसीले जनाएको छ । कतिपय ठाउँमा शिक्षालयका छात्राबासहरुमा दिउँसै बलात्कार समेत भएको पाइएको छ ।

मणिपुरमा मैतेई र कुकी समुदायबीच गएको मे महिनामा जातीय द्वन्द्व सुरु भएदेखि अहिलेसम्म एक सय ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ । ६० हजार जनाभन्दा धेरै विस्थापित भएका छन् । सयौँ महिला बलात्कारमा परेका स्थानीय अधिकारवासी संस्थाहरुले बताएका छन् । अहिले कुकी समुदायका महिलाहरु घटनाबारे बोल्न थालेको भए पनि मैतेई समुदायमा यौनजन्य हिंसाबारेमा बोल्न डराउँछन् ।

अहिले दुवै समुदायका महिला अधिकारकर्मीहरु अर्को समुदायका महिलामाथि भएका हिंसामा पनि बोल्न थालेकाले घटनाहरु देखिन थालेका छन् ।  तर यस्ता घटना निकै भएका स्थानीयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया