मापदण्ड पूरा नगर्ने खानेपानी उद्योग बन्द गरिने

 कात्तिक १२, २०७५ सोमबार १७:५५:१० | राधेश्याम खतिवडा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – मापदण्ड पूरा नगरी सञ्चालनमा आएका चितवनका खानेपानी उद्योग बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले पानी उद्योगको पटक–पटक अनुगमन र निगरानी गरेपछि मापदण्ड पूरा नगर्नेलाई बन्द गर्ने तयारी गरेको हो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरी पानी उत्पादन गरेको भेटिएपछि चितवन प्रशासनले डेढ महिना अगाडि चितवनका १० वटा पानी उद्योगमा सिलबन्दी गरेको थियो ।

बन्द भएका उद्योगलाई मादण्ड पूरा गर्ने सर्तमा असोज २५ गतेसम्मको समय दिएर जिल्ला प्रशासनले खुलाउने अनुमति दिएको थियो । मापदण्ड पूरा गर्ने समय अवधि सकिएकोले पुनः अनुगमन गर्ने बताउदै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मापदण्ड पूरा नगर्नेलाई बन्द गराइने बताउनुभयो ।

नेपाल सरकारले गएको वर्षको असोज २६ गते पिउने पानी उत्पादन मापदण्ड निर्देशिका जारी गरेको थियो । निर्देशिकामा कुनै पनि उद्योगले पिउने पानी उत्पादन गर्दा अनिवार्य रुपमा स्वचालित मेशिनबाट बोतल सफा गर्ने, पानी भर्ने तथा बिर्को लगाउने र लेबलिङको काम हुनुपर्ने उल्लेख छ ।

असोज २६ गते निर्देशिका जारी हुँदा ६ महिनाभित्र सबै उद्योगहरुले स्वचालित मेशिन राख्नुपर्ने र नराखे उद्योग बन्द गर्नु पर्ने भनिएको थियो । त्यो मिति चैत्र २६ मै सकिएको हो ।


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया