नेपाल एसिया कप खेल्ने आठौँ टोली

 भदौ १३, २०८० बुधबार १०:३५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ । 

नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ ।

मुल्तानमा दिउँसो सवा ३ बजे शुरु हुने पाकिस्तानसँगको खेलसँगै नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्नेछ ।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौँ टोली बन्नेछ ।

एसोसिएट टोलीमा नेपाल हङकङ र युएईपछि तेस्रो टोली बन्नेछ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आफ्ना टोलीलाई विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्दै आएको छ ।

यस पटक आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा एकदिवसीय विश्वकप हुँदैछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया