दिनार, दिर्हाम र रियालको भाउ घट्यो, कोरियन वन भने केही पैसाले बढ्यो

 कात्तिक १८, २०७५ आइतबार १०:१६:१५ | उज्यालो सहकर्मी

काठमाडौं – आइतबार सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ घटेको छ । त्यसैगरी रियाल, रिंगिट, दिर्हामको पनि भाउ शुक्रबारको तुलनामा कमजोर भएको छ । कोरियन वनको भाउ भने केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७५ र बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३९ र बिक्रिदर १० रुपैयाँ ४५ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ६ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ २३ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया