इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ

 असोज २५, २०८० बिहिबार ६:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।

इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ।

जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका पनि उहाँले बताउनुभयो । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने उहाँले बताउनुभयो । 

    

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया