फिफा विश्व कपको पहिलो चरणको छनोटमा आज नेपाल र लाओस खेल्दै

 असोज २५, २०८० बिहिबार ७:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै - फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोट अन्तर्गत नेपालले आज लाओससँग  खेल्दैछ ।

खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ । यो खेलका लागि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई जना नयाँ खेलाडीसहित २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

डिफेन्डर अमृत श्रेष्ठ र फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । दोस्रो खेल भने अक्टोबर १७ तारिखमा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया