आईएमई र बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्धन गर्ने समझदारी

 कात्तिक १, २०८० बुधबार २०:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमई र मध्यपूर्व लगायत १ सय ५५ वटा देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्धन गर्ने समझदारी भएको छ ।

सम्झौताअनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एपमार्फत आईएमईको डिजिटल वालेट आईएमई पेमा सोझै रकम पठाउन सकिने गरी डिजिटल रेमिटेन्सलाई प्रवर्धन गर्न दुवै पक्षले सहकार्य गर्नेछन् ।

यस रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशीतालाई थप प्रवर्धन गर्दै कारोबारको डिजिटल रूपान्तरणमा ठूलो सहयोग पुग्नुका साथै आईएमईका सेवाग्राहीलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आईएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले उल्लेख गर्नुभयो ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले आईएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन  महत्त्वपूर्ण कदम रहेको उल्लेख
गर्नुभएकाे छ । यो रणनीतिक साझेदारी यूएई र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशीता प्रवर्धन गर्न केन्द्रित रहेको प्रमुख व्यापार अधिकृत मिशेलकाे भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया