ओमानसँगकाे खेलमा नेपाल पाँच रनले पराजित

 कात्तिक १६, २०८० बिहिबार १२:३७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ‍आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे खेलमा ओमानले नेपाललाई पाँच रनले हराएकाे छ ।

त्रिवि मैदान कीर्तिपुरमा भएकाे खेलमा ओमानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ‍ओभरमा १ सय ४० रन बनाएर अल आउट भयाे । जितसँगै ओमान समूह विजेता बनेको छ । पराजित नेपालले समूहकाे उपविजेता रहँदै सेमिफाइनलमा यूएईसँग खेल्नेछ । याे खेल जितेमा नेपालले अर्काे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।

नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले २६, करण केसीले १५ रन बनाए भने कप्तान राेहित पाैडेल, साेमपाल कामी र सन्दीप जाेराले समान १२/१२ रन बनाए । 

बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एक/एक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया