शेयर बजार दाेहाेराे अङ्कले घट्याे

 मंसिर ११, २०८० सोमबार १५:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार उच्च अङ्कले बढेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज हाेटल तथा पर्यटन, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्तकाे शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेकाे दिन आज अपर स्याङ्गे हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेको छ ।

आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज ६० लाख कित्ता शेयर एक अर्ब ७५ कराेड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे सात कराेड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया