सुनको भाउ एकैदिन तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो : अहिलेसम्मकै उच्च

 मंसिर १३, २०८० बुधबार ११:२९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलमा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज तोलामा एक लाख १९ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुन तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ थियो ।

यो हप्ता आइतवारदेखि नै सुनको भाउ निरन्तर बढेको छ । आइतवार तोलामा एक लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमवार एक लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो ।

आज चाँदीको पनि भाउ बढेको छ । हिजो तोलाको एक हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको चाँदी आज २० रुपैयाँले बढेर एक हजार ५ सय २० रुपैयाँ पुगेको छ । चाँदीको यो भाउ पनि अहिलेसम्मकै महँगो हो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया