श्रीमान्–श्रीमतीकाे झगडाका कारण बैंकक जाँदै गरेकाे विमान दिल्ली 'डाइभर्ट'

 मंसिर १३, २०८० बुधबार १४:३८:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्यान्डको बैंककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधवार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।

श्रीमान्–श्रीमतीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले विमान दिल्ली डाइभर्ट गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटनाबारे दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘श्रीमान्–श्रीमतीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुपर्‍यो ।’

विमानले शुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर त्यो अनुरोधलाई पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षालाई बुझाइएको छ । लुफ्थान्सा एअरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया