शेयर बजार १८ अङ्कले घटेर राताम्मे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

 मंसिर १४, २०८० बिहिबार १५:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव शून्य छ अङ्कले घटेर एक हजार आठ सय ५८ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड मर्दी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज रुरु जलविद्युत् परियोजनाको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

आज ४५ लाख ९५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ३५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनीको प्रमोटर शेयर ११ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया