वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अनुरोध

 मंसिर १७, २०८० आइतबार ९:१०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण नबुझाएका ३० वटा कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त ३० कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा बुझाएको नदेखिएको प्राधिकरणले आज निकालेको सूचनामा उल्लेख छ ।

बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक÷पटक सम्पर्क एवम् पत्राचार गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा तोकिएको ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया