शेयर बजार ७ अङ्कले घट्याे, ९६ कराेड रुपैयाँकाे काराेबार

 मंसिर १७, २०८० आइतबार १५:१९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार हप्ताकाे पहिलाे दिन ७ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेकाे छ ।

आज माइक्राेफाइनान्सबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीकाे शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटेकाे दिन थ्री स्टार हाइड्राेपावरकाे शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ कराेड ४० लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे ६ कराेड ९५ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया