एनसेल सेयर बिक्री प्रकरणमा तीन सरकारी निकायलाई लेखा समितिको प्रश्न

 मंसिर १८, २०८० सोमबार ६:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो ।

पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेको भनी सम्झौता तथा प्रेस विज्ञप्ति निकालेको विषयमा आधिकारिकता के हो भनेर प्रश्न गरेको छ ।

साथै समितिले विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको शेयर खरिद बिक्री सेवा प्रवाह गरिरहेको देशको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो भनेर समेत प्रश्न गरेको छ । समितिले सेयर स्वामित्व, कारोबार, राजश्व लगायतका विवरण यथाशीघ्र पठाउन भनेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया