सिटी एक्सप्रेसलाई राष्ट्रिय अपाङ्ग कोषकाे सम्मान

 मंसिर १८, २०८० सोमबार २०:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अपाङ्गता भएका व्यक्तिहरूकाे ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । दिवसका अवसरमा साेमवार सहरी विकास मन्त्री सीता गुरुङले सिटी एक्सप्रेसलाई सम्मान पत्र हस्तान्तरण गर्नुभयाे ।

गएकाे वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्‍याउने उद्देश्यले काेषलाई त्याे रकम सहयोग गरेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै सङ्घसंस्थालाई सहयोग प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । भर्खरै सिटी एक्सप्रेसले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा शुरु गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया