सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

 मंसिर १९, २०८० मंगलबार ७:४६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बसेको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भी काठमाण्डौ, मैनाचुली–सिद्धि साई जे.भी काठमाण्डौ, शेर्पा/हेना/सुनामी जे.भी नुवाकोट, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाण्डौ र इजोन निर्माण सेवा जुम्ला रहेका छन् ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भीलाई तीन वर्ष, मैनाचुली–सिद्धि साई जे.भीलाई दुई वर्ष र शेर्पा/हेना/सुनामी जे.भी, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र इजोन निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज निकालेको सूचनामा उल्लेख छ । 

कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् । कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया