रेकर्डमा पुगेको सुनको भाउ आज तोलामा दुई हजार ४ सय रुपैयाँले घट्यो

 मंसिर १९, २०८० मंगलबार १०:५७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ आज घटेको छ । तोलामा दुई हजार ४ सय रुपैयाँले घटेर आज तोलाको एक लाख १९ हजार २ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलाको एक लाख १९ हजार रहेकोमा आइतवार एक हजार ८ सय रुपैयाँले बढेको थियो । त्यस्तै हिजो पनि ८ सय रुपैयाँले बढेर रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज एक हजार ५ सय रुपैयाँ झरेको महासंघले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया