‘गरिबीको प्रस्थान’ लेखिएकाे ब्यानरसहित ८ हजार आप्रवासी मेक्सिकोबाट अमेरिकी सीमातर्फ जाँदै

 पुस ९, २०८० सोमबार ११:४९:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त राज्य अमेरिकाको सीमातर्फ अघि बढेको छ । भेनेजुएला, क्युबा, मेक्सिकोलगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका बीबीसीले जनाएको छ ।

आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौताअघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन मेक्सिको सिटी भ्रमणमा जानुअघि यो ठूलो समूह सीमातर्फ अघि बढेको हो । उनीहरु ग्वाटेमालाको सीमा जोडिएको दक्षिणी मेक्सिकन सहर तापचुलामा जम्मा भएर आएका खबरमा उल्लेख छ ।

अधिकारीहरुका अनुसार सन् २०२२ र २०२३  दुवै आर्थिक वर्षमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न चाहने २० लाखभन्दा बढी आप्रवासी पक्राउ परेका छन् । सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै अमेरिकी सीमा सुरक्षा बल होमल्याण्ड सेक्युरिटी फोर्सेसले २ लाख आप्रवासीलाई पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया