युक्रेनको आक्रमणबाट रुसी युद्धपोत क्षतिग्रस्त

 पुस १०, २०८० मंगलबार १८:३८:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको आक्रमणबाट एउटा रुसी युद्धपोतमा क्षति पुगेको छ । ब्ल्याक सी को एउटा बन्दरगाहमा रहेको युद्धपोत युक्रेनी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ड्रोन बोकेको आशङ्कामा क्राइमियामा रहेको रुसी युद्धपोतमाथि आक्रमण गरेको युक्रेनले जनाएको छ । यसअघि सन् २०२२ को मार्चमा पनि युक्रेनले रुसको एउटा युद्धपोतमा आक्रमण गरी ध्वस्त बनाएको थियो ।

रुसले सन् २०२२ को फेब्रुअरी महिनादेखि युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ । केही हप्तायता रुसी सैनिकहरूले एक हजार दुई सय किलोमिटर लामो क्षेत्रहरूमा आक्रमण गरिरहेको जनाएको छ । हिउँद शुरु भएपछि युक्रेनको प्रत्याक्रमण रोकेको मौकामा रुसले युक्रेनमाथि आक्रमण बढाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया