भविष्यमा काेराेना जस्ता महामारी आइपर्न सक्छन्, तयारी अवस्थामा रहाैँ : डब्ल्यूएचओ

 पुस ११, २०८० बुधबार ६:३४:४२ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भविष्यमा आइपर्न सक्ने काेराेनाजस्ता महामारीसँग लड्न तयारी अवस्थामा रहनुपर्ने जनाएकाे छ । 

डब्ल्यूएचओले विश्वले तीन वर्षमा कोभिडका कारण निम्तिएकाे सङ्कट, पीडा र नोक्सानी भाेगेकाे जनाउँदै अब भविष्यमा आइपर्न सक्ने यस्ता महामारीसँग लड्न तयारी गर्नुपर्ने जनाएकाे हाे । 

डब्ल्यूएचओले सन् २०२३ मा प्रमुख स्वास्थ्य चुनौतीहरू निम्तिएका जनाएकाे छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले सन् २०२३ ले स्वास्थ्य क्षेत्रमा आएका सङ्कटसँग लड्न बलियो आधार तय गरेको बताउनु भएकाे छ । 

गेब्रेयससले गएको मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९को अन्त्य भएकाे घोषणा गर्नुभएको थियो ।

उहाँले अझै पनि हैजालगायत ४० वटाभन्दा धेरै प्रकोपहरूसँग लड्नुपर्ने अवस्था रहेको बताउनुभयो ।  उहाँले अन्य प्रकारका महामारी रोक्नका लागि विश्वको तयारी अपुग रहेकाे बताउनु भएकाे एएफपीमा उल्लेख छ। 
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया