भारतमा रहेको इजरायली दूतावास नजिक विस्फोट, इजरायलद्वारा 'ट्राभल एडभाइजरी' जारी

 पुस ११, २०८० बुधबार १२:१३:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै ट्राभल एडभाइजरी निकालेको छ ।

इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । हिजो नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेकाे बताउनुभएको छ । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीको खबरमा उल्लेख छ ।

सुरक्षा परिषद्ले इजरायली नागरिकहरूलाई भिडभाड हुने ठाउँहरू र विशेषगरी विदेशीहरू, इजरायलीहरू र यहूदीहरूको भ्रमण गर्ने ठाउँहरूमा नजान चेतावनी दिएको छ । इजरायली नागरिकहरूलाई रेस्टुरेन्ट, होटल, पबजस्ता सार्वजनिक ठाउँमा सतर्क रहन पनि अपिल गरिएको छ ।

यस्तै, उनीहरुलाई सकेसम्म आफ्नो पहिचान नखुलाउन र सामाजिक सञ्जालमा आफ्ना यात्राका योजनाहरू आदानप्रदान नगर्न पनि भनिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया