चीन र भारतले रुसबाट तेलकाे आयात बढाए

 पुस ११, २०८० बुधबार १८:२०:४३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले पश्चिमा देशहरूको प्रतिबन्धका बीच तेल र ग्यासको राजस्व सन् २०२१ अघिकै अवस्थामा पुगेको बताएको छ ।

सन् २०२१ मा रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिका र युरोपेली देशहरूले रुसी तेल र ग्यासमाथि प्रतिबन्ध लगाएका थिए । त्यसको असर सन् २०२२ मा देखिएको भए पनि सन् २०२३ मा सन् २०२१ अघिकै अवस्थामा राजस्व प्राप्त भएको रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताउनुभएको एएफपीले जनाएको छ ।

सन् २०२३ मा रुसले तेल र ग्यासबाट ९८ अर्ब अमेरिकी डलर प्राप्त गरेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत हो । रुसी तेल र ग्यासको निर्यात बढ्नुमा चीन र भारतले रुसबाट तेलको आयात बढाउनु हो ।

यसअघि रुसबाट तेल आयात नै नगर्ने भारतले आफूले आयात गर्ने तेलको ४० प्रतिशत रुसबाट आयात गर्न थालेको छ । भारतले रुसबाट कच्चा तेल आयात गरेर प्रशोधन गरेको तेल युरोपमा समेत पठाउन थालेको छ । यस्तै चीनले रुसबाट तेलको आयात ५० प्रतिशतसम्म बढाएको छ ।

उपप्रधानमन्त्री नोभाकले सन् २०२३ मा धेरै प्रतिबन्ध लागे पनि रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया