ट्रम्पलाई राष्ट्रपतिको चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतद्वारा अस्वीकार

 पुस १२, २०८० बिहिबार ६:२६:३६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को वर्षको राष्ट्रपति चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

मिशिगन अदालतले अर्को वर्ष हुने पहिलो चरणको मतदानमा डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला पुनरावलोकन मिशिगन अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन नसकेको उल्लेख छ ।

ट्रम्पलाई धेरै राज्यमा रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । यसअघि कोलोराडो सर्वोच्च अदालतले प्राथमिक मतदानमा सहभागी हुन रोकेको थियो । 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया