रुस र नासा सन् २०२५ सम्म संयुक्त 'आईएसएस' उडान जारी राख्न सहमत

 पुस १२, २०८० बिहिबार २०:२३:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दललाई पुर्‍याउनका लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बिहीवार बताएको छ । 

एउटै अन्तरिक्ष यानमा विभिन्न राष्ट्रियताका चालक दल सहभागी गराएर पठाइने कथित क्रस–फ्लाइटहरू समावेश भएको अन्तरिक्ष क्षेत्र रुसले युक्रेनमा सेना पठाएपछि मस्को र वाशिङ्टनबीच सहयोगको एउटा दुर्लभ क्षेत्र हो । 

‘सन् २०२५ सम्म क्रस–फ्लाइट जारी राख्नेबारे सम्झौता भएको छ’, रोस्कोस्मोसले विज्ञप्तिमा भनेको छ, ‘यो निर्णय समग्ररूपमा आईएसएसको विश्वसनीयतालाई कायम राख्न लिइएको थियो, यसको उद्देश्य रुसी खण्डमा रोस्कोस्मोसको कम्तीमा एक प्रतिनिधिको उपस्थिति र अमेरिकी खण्डमा नासाको कम्तीमा एक प्रतिनिधिको उपस्थितिलाई ग्यारेन्टी गर्नु हो ।’

शीत युद्ध ‘स्पेस रेस’ पछि अमेरिका–रुस सहयोग बढेको समयमा सन् १९९८ मा आईएसएस शुरु भएको थियो । आईएसएसका साझेदारहरू अमेरिका, रुस, युरोप, क्यानाडा र जापान अहिले सन् २०२४ सम्म मात्र परिक्रमा प्रयोगशाला सञ्चालन गर्न प्रतिबद्ध छन् । यद्यपि अमेरिकी अधिकारीहरूले यसलाई सन् २०३० सम्म जारी राख्न चाहेको बताएका छन् । 

रुसले सन् २०२८ सम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको प्रयोग गर्ने योजना बनाएको अप्रिलमा बताएको थियो । यो सन् २०२४ पछि परिक्रमा प्रयोगशाला छाड्ने रुसको पूर्वघोषणाको विपरीत हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया