रुसले युक्रेनी शहरहरूमा हवाई आक्रमण गर्‍याे

 पुस १३, २०८० शुक्रबार १२:५७:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि यो आक्रमण भएको हो ।

किएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि रुसले हवाई आक्रमण गरेको शहरका मेयर र प्रहरीले बताएका छन् ।

खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘रुसले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त शहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।’

सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

रुसले मङ्गलवार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले रुसी नौसेनाका लागि ठूलो धक्का भएको बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा आफ्नो वायु सेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताउनुभएको छ ।

रुसको रक्षा मन्त्रालयले त्यो जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्‍याएको जनाएको छ ।

युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रुसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ ।

बिहीवार जेलेन्स्कीले युक्रेनका लागि उपलब्ध हतियारको अन्तिम बाँकी प्याकेज जारी गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिनुभएको छ । जेलेन्स्कीले किएभको मुख्य समर्थक अमेरिकाको नीतिमा कुनै पनि परिवर्तनले युद्धको क्रममा कडा प्रभाव पार्न सक्छ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म राष्ट्रपति जो बाइडन, अमेरिकी संसद् र अमेरिकीप्रति २५ करोड अमेरिकी डलरको सैन्य सहायता प्याकेजका लागि धन्यवाद दिन्छु । युक्रेन र युरोपमा मात्र होइन, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामीले जारी रुसी आक्रमणको जवाफ दिइरहनुपर्छ’, उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया