युक्रेनमा रुसको आक्रमण तीव्र : कम्तीमा ३० जनाको ज्यान गयो

 पुस १४, २०८० शनिबार ६:५३:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

रुसले युक्रेनमा भइरहेकाे आक्रमणलाई तीव्र बनाएको छ । हिजो भएको आक्रमणलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।

किएभ, ओदेसा, खार्किभ, ल्भिभलगायतका क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ३० जनाको ज्यान गएको र एक सय ६० जनाभन्दा धेरै घाइते भएका विभिन्न निकायलाई उद्धृत गरी बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलाेदिमिर जेलेन्स्कीले रुसले लगभग सबै प्रकारका हतियारहरू प्रयोग गर्दै घरहरू र प्रसूति अस्पतालमा प्रहार गरेको बताउनुभएको छ । युक्रेनमा भएको पछिल्लो आक्रमणको फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले विज्ञप्ति निकालेर रुसले युक्रेनी नागरिकको सहनशीलता र हार्दिकतालाई कमजोर पार्ने उद्देश्यले आतङ्कवादको रणनीतिलाई निरन्तरता दिएको उल्लेख गरेको छ ।     
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया