देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूकाे नियन्त्रणमा पर्‍याे : गगन थापा

 पुस १८, २०८० बुधबार १७:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताउनुभएको छ ।

आज बुधवार पूर्वकर्मचारी समाज नेपालको स्मारिका समभाव विमोचन कार्यक्रममा महामन्त्री थापाले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा परेको बताउनुभएको हो । उहाँले देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको नियन्त्रणमा हुनु नेपालको प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भएको उल्लेख गर्नुभयाे । यति धेरै पूर्वप्रधानमन्त्रीहरू राजनीतिमा क्रियाशील भएको अरू देशहरूका बारेमा आफूलाई जानकारी नभएको महामन्त्री थापाकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान बनायाैँ । देश ट्र्याकमा आएको छ । लगातार एकपछि अर्को आवधिक चुनाव हुन थालेको छ । हाम्रा संस्थाहरू बनेका छन् । बिस्तारै ती संस्थाहरूलाई बलियो बनाउने प्रयास भइरहेको छ । तर नेपालको सन्दर्भमा हाम्रो प्रजातन्त्रको सबैभन्दा दुःखद पक्ष भनेको देश प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूकाे नियन्त्रणमा परेकाे छ । नेपालको राजनीति नै उहाँहरूको नियन्त्रणमा भएको जस्तो । झगडा गरे पनि उहाँहरू । मिले पनि उहाँहरू । यति धेरै भूतपूर्व प्रधानमन्त्री राजनीतिमा क्रियाशील भएको देश मलाई थाहा छैन ।’

महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरूलाई विस्थापन गर्ने प्रयास शुरु भएको पनि उल्लेख गर्नुभयो । उहाँले आफ्नो पार्टीको संसदीय दलको चुनावमा उम्मेदवार बनेर आफूले नेतृत्व परिवर्तनको कसरत गरेको बताउनुभयो । उहाँले पुराना नेतृत्वसँगको प्रतिस्पर्धार गरेर नथाकेको भन्दै निरन्तर प्रतिस्पर्धा गर्ने सङ्केत गर्नुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया