शेयर बजार दाेहाेराे अङ्कले घट्याे, ५ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

 पुस २२, २०८० आइतबार १५:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार हप्ताको पहिलो दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ५२ लाख कित्ता शेयर पाँच अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया