बङ्गलादेशमा भएकाे आमचुनावमा ४० प्रतिशत मत खस्यो

 पुस २२, २०८० आइतबार २०:२९:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा भएको आमचुनावमा झन्डै ४० प्रतिशत मतदान भएको छ । दुई सय ९९ सिटका लागि भएको चुनावमा झन्डै ४० प्रतिशत मत खसेको बङ्गलादेशको निर्वाचन आयोगलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

तर प्रमुख विपक्षी पार्टी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले चुनाव बहिष्कार गरेको छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरू सत्तारूढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्काजस्तै छ ।

गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरूका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।

कडा सुरक्षाका बीच भएको चुनावका क्रममा कतिपय क्षेत्रमा तनाव उत्पन्न भएको थियो । झडपमा एक जनाको ज्यान गएको सिन्ह्वाको खबरमा उल्लेख छ । अहिले मतगणना पनि शुरु भएको छ । भोलि साेमवार बिहानसम्म नजिता आइसक्ने बताइएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया