बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

 पुस २३, २०८० सोमबार ७:७:४८ | एजेन्सी
unn.prixa.net

बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो ।

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ ।

हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्नुभएको हो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हसिनाको  यो लगातार चौथो जित  र समग्रमा पाँचौँ कार्यकाल हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया