५ दशकपछि पहिलो पटक अमेरिकी अन्तरिक्षयान चन्द्रमा यात्रामा

 पुस २३, २०८० सोमबार १६:१०:६ | एजेन्सी
unn.prixa.net

अमेरिकाले चन्द्रमामा सफलतापूर्वक मानिससहितको यान अवतरण गराएको पाँच दशकपछि फेरि अर्को यान पठाएको छ । सन् १९७२ मा चन्द्रमामा मानिस अवतरण गराउन सफल भएको अमेरिकाले आज फेरि अर्को अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको बीबीसीले जनाएको छ ।

नयाँ रकेट युनाइटेड लन्च एलायन्स (यूएलए) को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट स्थानीय समयअनुसार बिहान २ बजेर १८ मिनेटमा आफ्नो यात्रा शुरु गरेको छ । योजनामा समस्या नआएमा आउँदो फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्रमा यान अवतरण हुनेछ । यो अभियानका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक अर्ब अमेरिकी डलरभन्दा धेरै भुक्तानी दिएको छ ।

चन्द्रमाको सतहमा पहिलो पटक सोभियत सङ्घले सन् १९६६ मा यान अवतरण गराएको थियो । पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ । अघिल्लो वर्ष भारतले पनि अन्तरिक्षमा यान अवतरण गराएको छ । नासाले यही दशकको अन्त्यसम्ममा चन्द्रमामा अन्तरिक्षयात्रीहरूलाई अवतरण गराउने प्रयासमा रहेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया