सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको रेकर्ड कायम

 पुस २४, २०८० मंगलबार २०:२०:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको पुष्टि भएको छ । सन् १९४० जनवरीदेखिकाे तथ्याङ्क विश्लेषणबाट सन् २०२३ अहिलेसम्मकै तातो वर्षको रूपमा पुष्टि भएको युरोपियन युनियन (ईयू) को जलवायु सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विशेषगरी खनिज इन्धनको प्रयोग बढेको सन् १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम एक दशमलव ४८ डिग्री सेल्सियसले बढेको देखिएको छ । त्यसअघि सन् १८५० देखिकाे औसत तापक्रम भन्दा सन् १९४० को औसत तापक्रम एक दशमलव ४३ डिग्री सेल्सियसले बढेको थियो । गएको जुलाईपछिका हरेक दिनजसो विश्वव्यापी उच्च तापक्रमको रेकर्ड बन्ने गरेको देखिएको छ ।

सन् २०२३ को अक्टोबरमा पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढेको देखिएको ईयूको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा समुद्री सतहको तापक्रमले पनि यसअघिका रेकर्ड तोडेर उच्च भएको छ ।

खनिज इन्धनको प्रयोग तथा औद्याेगिकीकरण लगायतका कारण कार्बनडाइअक्साइड लगायतका ग्यास हावामा धेरै छोडिँदा तापक्रम बढिरहेको विज्ञहरूले बताएका छन् । सन् २०२३ मा अस्वाभाविक रूपमा बढेको तापक्रमको मुख्य कारण भने पूर्वी प्रशान्त महासागरमा देखिएको एल निनो रहेको ईयूको प्रतिवेदनमा भनिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया