अमेरिकासँगकाे सैन्य वार्तामा चीनले भन्याे– ‘ताइवानको विषयमा कहिल्यै पनि सम्झौता गर्दैनाैँ’

 पुस २५, २०८० बुधबार १५:१२:४७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने बताएको छ । सन् २०२१ पछि पहिलो पटक भइरहेको अमेरिकासँगको सैन्य वार्तामा चीनले आफूले ताइवानको विषयमा कहिल्यै पनि सम्झौता नगर्ने स्पष्ट अडान राखेको बीबीसीले जनाएको छ ।

चीनले अमेरिकासँग ताइवानलाई हतियार उपलब्ध गराउन बन्द गर्न र ताइवानसँग आफूहरूको चिन्तालाई गम्भीरतापूर्वक लिन पनि भनेको छ । चीनले समानता र सम्मानको आधारमा अमेरिकासँग स्वस्थ र स्थिर सैन्य सम्बन्ध विकास गर्ने आफ्नो इच्छा रहेको भन्दै अमेरिकी पक्षले एक चीन सिद्धान्तको सम्मान गर्दै ताइवानसँग व्यवहार गर्नुपर्ने बताएको छ ।

ताइवानमा चुनाव हुनु केही दिनअघि भएको वार्तामा चीनले लिएको अडानलाई अर्थपूर्णरूपमा हेरिएको छ । ताइवानमा आउँदो शनिवार राष्ट्रपतीय चुनाव हुँदैछ । चीनले ताइवानलाई आफ्नै भूमि ठान्छ तर ताइवानले स्वतन्त्र राज्यको दाबी गर्दै आएको छ । धेरै देशले ताइवानलाई छुटै राज्यको मान्यता नदिएको भए पनि अमेरिकाले स्वतन्त्र राज्यकै रूपमा सहयोग गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया