कञ्चनपुर : मोटरसाइकल दुर्घटनामा परि भीमदत्त नगरपालिका-६ का वडाध्यक्षकाे ज्यान गयाे

 पुस २६, २०८० बिहिबार ९:५०:३१ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरका प्रवक्ता महेन्द्र खड्काकाे माेटरसाइकल दुर्घटनामा परि ज्यान गएकाे छ ।

गएराति भीमदत्त –६ ऐँठपुरमा मोटरसाइकल दुर्घटनामा परि वडाध्यक्ष खड्काकाे ज्यान गएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बाटोमा राखिएकाे पाइपमा ठोक्किएर खड्काकाे मोटरसाइकल दुर्घटनामा परेकाे जानकारी दिनुभयाे । 

दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया