पहिलाे टी–२० क्रिकेटमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे

 पुस २७, २०८० शुक्रबार १६:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानसँगकाे ५ खेलकाे टी–२० शृङ्खलामा न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । आज भएकाे पहिलाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हरायाे ।

न्युजिल्यान्डले दिएकाे २ सय २७ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान १८ ओभरमा १ सय ८० रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५७ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिए ।

यसअघि अकल्यान्डमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर २ सय २६ रन बनायाे । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६१ र कप्तान केन विलियमसनले ५७ रन बनाए । बलिङतर्फ पाकिस्तानका कप्तान शाहीन अफरिदी र अब्बास अफरिदीले ३ विकेट लिए ।

याे जितसँगै न्युजिल्यान्डले शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ । दाेस्राे टी–२० आउँदाे आइतवार हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया