१९ वर्षमुनिको टोलीले आज स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै

 पुस २८, २०८० शनिबार ८:१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आईसीसी-१९ वर्षमुनिको विश्व कप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो ।

नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो पाैने २ बजे शुरु हुनेछ ।

आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ । यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो ।

आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपालले दोस्रो अभ्यास खेल मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि शुरु हुनेछ ।

यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया