टोखामा चाकु दिवस मनाइँदै

 पुस २८, २०८० शनिबार १३:१२:५० | रासस
unn.prixa.net

काठमाण्डौ – ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा आउँदो माघेसङ्क्रान्तिका दिन सोमवार चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो ।

नेवाः गुठी टोखाले टोखाको ऐतिहासिक परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण योगदान गर्ने विशिष्ट व्यक्तिलाई नगद पुरस्कारसहित सम्मान गर्न लागेको छ ।

त्यस्तै नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई पनि नगद ५० हजारसहित सम्मान गर्न लागेको हो । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई पनि २५/२५ हजार नगदसहित सम्मान गर्न लागिएको छ ।

यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको गुठीका अध्यक्ष रमेश नापितले बताउनुभयो । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्न लागेको छ ।

टोखा नगरपालिका–२ र ३ वडा कार्यालयको विशेष सहयोगमा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, टोखा परम्परागत चाकु संरक्षण समाजको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी समेत गरिनेछ ।

काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो । ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ । उखुखेती हुने टोखामा लिच्छवीकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ । हाल टोखामा १४ चाकु उद्योग रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । टोखाको चाकु देशसहित विदेशका विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया