मुस्ताङमा आलु उत्पादन ३३ प्रतिशतले घट्यो

 पुस २८, २०८० शनिबार २०:४९:४३ | रासस
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – हिमाली जिल्ला मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको छ । डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार गएको वर्ष नौ हजार छ सय तीन मेट्रिक टन आलु उत्पादन भएकोमा  यस वर्ष छ हजार तीन सय ६३ मेट्रिक टन आलु उत्पादन भएको हाे ।

चैत–वैशाख महिनामा लगाइने आलु असोज–कात्तिक महिनामा भित्र्याउने गरिन्छ । गएको वर्ष प्रतिहेक्टर ३० दशमलव ७८ मेट्रिक टन आलु उत्पादन भएकामा यस वर्ष २० दशमलव दुई मेट्रिक टन फल लागेको छ । मुस्ताङको तीन सय १५ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

मुस्ताङमा उत्पादन हुने आलु पोखरा, काठमाण्डौ, चितवनलगायतका बजारमा खपत हुने गरेको छ । केन्द्रका अनुसार यहाँ उत्पादन हुने आलु २० प्रतिशत बीउ र १० प्रतिशत उपभोगका लागि खपत भइ बाँकी ७० प्रतिशत निकासा हुन्छ ।

गएको वर्ष ४८ करोड नौ लाख रुपैयाँ बराबरको आलु उत्पादन भएकामा यसपाली ३१ करोड ८१ लाख बराबरको मात्रै भएको छ । हिमाली चिसो हावापानीमा प्राङ्गारिक विधिबाट विषादिको प्रयोगबिना उत्पादन भएको आलुको बजारमा उच्च माग हुने गरेको छ ।

यहाँको आलु अन्यत्रको तुलनामा स्वादिलो हुने भएकाले मुस्ताङको आलुको माग शहरमा बढी हुने गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया