त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीप भेटियो

 माघ २, २०८० मंगलबार १२:१४:४८ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन - त्रिशूली नदीमा खसेकाे जीप फेला परेकाे छ । 

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलबाट त्रिशूली नदीमा खसेकाे भारतीय नम्बर प्लेटको जीप गाेताखाेरकाे टाेलीले फेला पारेकाे हाे । 

आज बिहान बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूली नदीमा खसेकाे थियाे । 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएकाे जानकारी दिनुभयाे । गोताखोरको टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

स्थानीयले जीप नदीमा खसेको खबर गरेपछि टोली घटनास्थलमा गएकाे थियाे । जीपमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया